Websoft University

फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

 


विराटनगर, २१ पुस । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्न भएको  छ । 

फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिनुभयो । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उहाँले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताउनुभयो । 

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराउनु भएको थियो । 

फ्लड लाइट जडानका लागि गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनवीच सम्झौता भएको तियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएको छ । मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । 

चार कुनमा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.