Websoft University

अवैध रूपमा भन्सार छली गरी ल्याएको अन्दाजी २०० केजी बोईलर कुखुरा बरामद

 

बिराटनगर पुस ४ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। १४ जतुवा नहर नजिक देश भारत जिल्ला अररिया वडा नं। १६ बस्ने बर्ष २४ को मो।आतिवलाई अन्दाजी ९० केजी काटेको बोईलर कुखुरा भारतको जोवनीबाट नेपालतर्फ ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई प्रहरी कर्मचारी तथा स्थानियको रोहवरमा नष्ट गरिएको ।

त्यसै गरी, विराटनगर महानगरपालिका वडा नं। १५ मिल्स एरिया जुटमिल छेउमा भारतको जोगवनीबाट नेपालतर्फ ५ वटा साईकलमा झोलामा राखी ५५ वटा अन्दाजी ११० केजी बोईलर कुखुरा ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने ५ जना मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई उक्त कुखुरा प्रहरी कर्मचारी तथा स्थानियको रोहवरमा नष्ट गरिएको । 

पक्राउ मानिसहरू 

जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ मिल्स एरिया बस्ने बर्ष १८ को एमडी सजात मियाँ ।

ऐऐ बस्ने बर्ष १७ को एमडी सिराज मियाँ ऐ विराटनगर महानगरपालिका वडा नं १७ बस्ने बर्ष १५ को सर्वन आलम 

ऐ विराटनगर महानगरपालिका वडा नं १८बस्ने बर्ष १३ को परवेज आलम 

५० ऐ विराटनगर महानगरपालिका वडा नं।(१८बस्ने बर्ष १३ को ईर्जान आलम 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.