Websoft University

विराटनगर लेडिज सर्कलद्वारा ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री प्रदान

 


विराटनगर  पुस ४ गते । रातो तारा डट कम, विराटनगर लेडिज सर्कल–५ ले मानव सेवा आश्रमका ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क  टोपी, चप्पल र खाजा उपलब्ध गराएको छ । 


विराटनगर लेडिज सर्कल–५ की अध्यक्ष सालु टिव्रेवाल नेतृत्वको टोलीले मानव सेवा आश्रममा पुगेर ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क  न्यायो टोपी, चप्पल र खाजा उपलब्ध गराएको हो । आश्रममा रहेका ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो बनाउनका लागि ती सामग्री उपलब्ध गराएको संस्थाले जनाएको छ । 

संस्थाले विगत ३ वर्षदेखि निरन्तर जाडोको समयमा अति विपन्नहरुको पहिचान गरेर न्याना कपडा उपलब्ध गराउँदै आइरहेको विराटनगर लेडिज सर्कल–५ की केन्द्रीय अध्यक्ष डा. कोपिला अग्रवालले बताइन् । संस्थाका सदस्यहरुबाट रकम संकलन गरी सामग्री  खरिद गरेर हस्तान्तरण गरिएको आयोजक संस्थाकी अध्यक्ष टिव्रेवालले जानकारी दिइन् । स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको संस्थाले जनाएको  छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.