Websoft University

जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै - मन्त्री घिमिरे

 

विराटनगर, १७ मंसिर । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताउनुभयो । 

धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो ।  क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि आग्रह गर्नुभयो । 

जिल्ला स्तरबाट सेवा शुरु भएको जानकारी स्थानीय स्तर सम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।  मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थ क्यान्सरको वहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवस्यक रहेकोमा जोड दिनुभयो । पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रकृयामा लागेको छ ।’ चालु आर्थिक बर्ष भित्रमा धनकुटा जिल्ला अस्पतालाई १ सय वेडमा स्तरोन्नती गरिने उहाँले बताउनुभयो । 

पाठेघरको मुखको नि ः शुल्क परीक्षण शुरु गरेकै दिन आज ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उहाँले बताउनुभयो । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताउनुभयो । 

प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक सेवा शुरु गरिएको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.