Websoft University

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

 


बिराटनगर, पौष ९ गते । रातो तारा डट कम,१ नम्बर प्रदेशका सुनसरी, झापा र ओखलढुङगामा बुधवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजेको समयमा सुनसरीको देवानगंज-२ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा घाईते भएका स्थानीय ९० बर्षीय बेचुदास मेहेतालाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ पुर्व पश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय २८ बर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको छ । बुधवार राती पौने ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त नम्बरको कारले ठक्कर दिंदा घाईते भएका चौधरीको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा ९ बजे मृत्यु भएको तथा ठक्कर दिने कार र चालक समेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । यस्तै ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका-६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधवार राती साँढे ७ बजेको समयमा मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङ तर्फ जाँदै गरेको उक्त नम्बरको मोटरसाईल दुर्घटना हुँदा घाईते भएका रामेछापको मन्थली गाउँपालिका-९ का २८ बर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागी जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

 


 

 

 

 

 

 

नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

बिराटनगर, पौष ०९ गते ।

झापा र ईलामका तिन छुट्टाछुट्टै स्थानबाट बुधवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधवार दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २१ बर्षीय संजय तामाङलाई २६ ग्राम २६ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । मे ८ प ३४२८ नम्बरको मोटरसाईकलमा सवार रहेका तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो । यसैगरी झापाकै भद्रपुर नगरपालिका-३ झोलुङगे पुल छेउबाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ साँढे ५ बजे भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिपक राई र ३५ बर्षीय सेर बहादुर बस्नेतलाई पक्राउ गरेको हो । मे २ प ४३१८ नम्बरमा सवार रहेका निजहरु दुवैजनालाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट Eskuf syrup १० थान, नाईट्रोजन १० ट्याब्लेट, उईनपास मोफोट ७२ पिस, लुपिजेसिक ८ एम्पुल, फेनारागन ८  एम्पुल, डाईजेपाम ८ एम्पुल र गाँजा २०० ग्राम बरामद भएको थियो । यस्तै ईलामको सुर्योदय नगरपालिका-८ छिपिटारबाट लागैऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । प्रहरी चौकी फिल्कलबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-४ का २५ बर्षीय अनुप प्रधानलाई ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.