Websoft University

कोरोना महामारी फैलिन थाले पछि भारतले विभिन्न राज्यमा कफर््यु लगाउन थाल्यो


काठमाण्डौ पुस ९ गते । रातो तारा डट कम, कोरोना महामारीलाई ध्यानमा राखी भारतका विभिन्न राज्यमा कफर््यु लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको हो । दक्षिण पश्चिमी राज्य कर्नाटकमा हिजोदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । यसअघि भारतकै महाराष्ट्र राज्यले पनि ७ घण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले ८ घण्टे कर्फ्यु लगाएको हो । महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको बताइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.