Websoft University

नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंकको पाँच लाख सहयोग

बिराटनगर  पुष २ गते । रातो तारा डट कम, बिहिबारका दिन सरकारी तथा निजी क्षेत्रको पहलमा विराटनगरमा निर्माण भईरहेको नागरिक केयर सेन्टरलाई सिद्धार्थ बैंक लिमिटेड, विराटनगरले रु। पाँच लाख रुपैयाँको सहयोग गरेको छ । नागरिक केयर सेन्टरका अध्यक्ष श्री पवन कुमार सारडाज्यूलाई सिद्धार्थ बैंक लि।का प्रदेश नं। १ प्रमुख श्री कमल बस्नेतज्यू र विराटनगरका शाखा प्रवन्धक श्री जतेन्द्र पौडेलज्यूले चेक हस्तान्तरण गर्नुभएको थियो ।

मोरंग व्यापार संघ स्थित नागरिक केयर सेन्टरको सचिवालयमा आयोजित हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष एवम् मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, केयर सेन्टरका उपाध्यक्षद्वय मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू, नागरिक केयर सेन्टरका सचिव श्री पुनम कुमार दाहालज्यू, सेन्टरका सदस्य एवम् मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यू लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.