Websoft University

विप्लव’ले यथार्थ लुकाएको अधिकारकर्मीको निश्कर्ष

 


विराटनगर, २ पुस । रातो तारा डट कम, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले मोरङको मिक्लाजुङ १ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको अधिकारकर्मीहरुले बताएका छन् । शिक्षक श्रेष्ठको हत्याबारे स्थलगत अध्ययनको प्रतिवेदन आज विराटनगरमा सार्वजनिक गर्दै प्र्रतिकारमा मारिएको भनी झुठो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको ठहर गरिएको छ । हात बाँधेर लगिएको एउटा निहत्था ५४ वर्षीय व्यक्तिले ६ जनाको हतियारधारी युवा टोलिसँग प्रतिकार गर्नसक्ने संभावना नभएको निश्कर्ष निकालिएको छ । शिक्षक श्रेष्ठको निर्मम यातनापछि विभत्स तरिकाले हत्या गरिएको पुष्टि भएको इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले बताउनुभयो । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरि लगेर स्थानीय देउढुङ्गा जंगलमा (विप्लव) नेतृत्वको नेकपाले घाँटी रेटेर हत्या गरिएको थियो । शिक्षक श्रेष्ठको हत्यापछि त्यस क्षेत्रका बासिन्दा आतंकित रहेकाले राज्यबाट आवश्यक सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न अधिकारकर्मीले माग गरेका छन् । १२ घर रहेको सो क्षेत्रका बासिन्दा सुरक्षा व्यवस्था नभए विस्थापित हुनसक्ने खतरा रहेको प्रतिवेदनमा औंल्याईएको छ ।  स्थानीय जनताले लामो समयदेखि सुरक्षा कार्यालय स्थापनाका लागि माग गर्दै आएपनि शिक्षक श्रेष्ठको हत्याअघि सुरक्षा पोष्ट स्थापना हुन नसकेको सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । शिक्षक श्रेष्ठको हत्यापछि भने सशस्त्र प्रहरी र जनपथ प्रहरीको अस्थाई रुपमा संयुक्त सुरक्षा आधार शिविर त्यस क्षेत्रमा खडा गरिएको छ । अधिकारकर्मीहरुले घटनाका दोषी पहिचान गरी कानुनी कारवाही गर्न तथा डर र त्राशको वातावरणमा रहेका स्थानीय बासिन्दालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन आवश्यक व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीको टोलीले गत मंसिर २९ गते घटनाको स्थलगत अध्ययन गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.