Websoft University

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

 


सुनसरी, पौष-६ गते । रातो तारा डट कम,सुनसरीको भोक्राहा नर्सिङ-४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोक्राहा नरसिङ-३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका-२ का ३७ बर्षीय सुरज राम रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका  दुबैजनालाई आज विहान साढे ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परी बरामद गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.