Websoft University

सृजनशील विकास मञ्चले जाडोमा न्यानो कपडा वितरण गर्यो !

 


शिव भट्टराई, पुस ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित सृजनशील सामाजिक विकास मञ्चको आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।अपाङ्ग साथै अति विपन्न वर्गका परिवारलाई चिसो बाट बच्नका लागि मञ्चले न्यानो कपडा वितरण गरेको छ।


कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने सामाजिक विकास मञ्चका अध्यक्ष केशव सापकोटाको सभापतित्व रहेको थियो।

भर्खरै स्थापना भएको संस्थाले

मौसम परिवर्तन भएसँगै सो ठाउँमा पनि चिसो बढ्दै गएकोले चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेर उदाहरणीय कार्य गरेको प्रमुख अतिथि ढकालले बताएका छन्।

नव स्थापित संस्थाको परिचय गराउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्य गर्ने योजना रहेको संस्थाका अध्यक्ष केशव सापकोटाले बताएका छन्।

जाडो मौसमको बेला न्यानो कपडा पाएकोले आफूलाई निकै खुशी लागेको कपडा पाउनेहरुले बताएका छन्। कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईं, सु ह न.पा वडा नं ११ का वडाध्यक्ष विशनलाल चौधरी , विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व साथै बुद्धिजीवीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम सामाजिक विकास मञ्चका सचिव सामाजिक व्यक्तित्व आनन्द बस्नेतले सञ्चालन गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.