Websoft University

चेतना संरक्षण प्रतिष्ठानको ४७ औं शृंखला सम्पन्न


विराटनगर पुस ३ गते । रातो तारा डट कम,चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबारदेखि पुनः सुरु भएको छ । 


कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । शुक्रबार भएको ४७ औं शृंखलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित ‘सिंगल’, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । 

अबदेखि मासिक शृंखलालाई निरन्तरता दिइने कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गरिने नवोदितले बताए । प्रतिष्ठानका महासचिव उमेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार ऋतु आसिकलगायतले चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका स्रष्टालाई जोड्ने काम गरेको बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.