Websoft University

नेपालले फेरी बिश्व बैंक संग साढे नौ अर्ब रुपैयाँ ऋण लिने


काठमाण्डौ पुस ७ गते । रातो तारा डट कम, विश्व बैँकले नेपालको ग्रामीण उद्यम र आर्थिक विकासका लागि आठ करोड डलर अर्थात साढे नौ अर्ब रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच नेपालको ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तिय सम्झौतापत्रमा हिजो हस्ताक्षर भएको हो । सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ । आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमसिलताको प्रवद्र्धन गर्दै कोभिड–१९ पछिको आर्थिक पुर्नउत्थानलाई अभिवृद्धि गर्नु रहेको छ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.