बेलबारी मोरङ मंसिर २६ गते । रातो तारा डट कम, हिंसाविरुद्धका अभियान बर्षभरि चलाउँछौँ। बेलबारीमा लैङ्गिक हिंसा निवारण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम महिला जनप्रतिनिधिलाई हरेक वडामा अभियन्ताको रुपमा काम गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन् । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा अधिकारीले महिला हिंसा अन्त्यका निम्ति महिलामात्र सचेत भएर नपुग्ने सिङ्गो समाज लाग्नुपर्ने र कानुन कार्यनयनमा जोड दिनुपर्ने बताइन् । कार्यक्रमका विशिस्ट अतिथि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महिला हिंसा अन्त्यका निम्ति घर घरबाटै परिवर्तन सुरु गर्नुपर्ने भन्दै जन्मदर्ता, विबाहदर्ता,नागरिकता प्राप्ती जस्ता विषयमा पनि पुरुषका तुलनामा महिला नै विभेदमा परेको र आफूले सकेसम्म सहजीकरण गरिरहेको र गरिरहने बताए। कार्यक्रमना अधिवक्ता रुक्मिणा दाहालले कानुनका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । समाजमा महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै गलत र दोषी देख्ने सामाजिक परिवेश अहिले पनि जीवित छ। हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच सुनिश्चितता नभएसम्म महिला हिंसामुक्त समाजको कल्पना गर्न सकिँदैन।अझै यहाँको समाज परम्परागत कुसंस्कारले जकडिएको पाइन्छ।
Post a Comment