Websoft University

३ जना फरार प्रतिवादीहरू पक्राउ


बिराटनगर मंंसिर १७ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको मिति २०७५।०७।१९ गतेको फैसलाले ठगी मुद्दामा १५ दिन कैद र ७५ हजार जरिवाना तोकी हालसम्म फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोक बस्ने बर्ष ५३ को मो सकिल खानलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१६ गते अन्दाजी १७ .०० बजे विराटनगर महानगरपालिका वडा नं. ६ घाँस चोकबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेकोछ । 

जिल्ला अदालत मोरङको मिति २०७३।०३।२४ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद र १६ हजार ४ सय १९ रूपैया जरिवाना तोकी हालसम्म फरार रहेका प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं .१ शान्ति चोक बस्ने बर्ष ३० को लाले राय सहनी, ऐऐ बस्ने बर्ष ४८ को दिपेश राय सहनीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।१७ गते अन्दाजी ९ .०० बजे विराटनगर महानगरपालिका वडा नं .१ शान्ति चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.