Websoft University

प्रदेश १ मा ५१५ जना डिस्चार्ज

 


विराटनगर, ९ पुस । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५०१, मेची अस्पतालबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४,  विराट मेडिकल कलेजबाट ३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार २९६ पुगेको छ ।

प्रदेश १ मा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, सुनसरीमा १४, झापामा १२, इलाम, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १३, सुन्दरहरैचा, मिक्लाजुङ, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ९, इटहरीमा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, झापाको दमकमा ११ र भद्रपुरमा १, इलामको चुलाचुली, पाँचथरको याङवरक, ओखलढुङ्गाको चिशंखुगढीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आज ३९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.