Websoft University

लिम्चुङवुङ गाउपालिकामा छोरीको कुटाई बाट बाबुको मृत्यु


गाइघाट २५ मंसिर । रातो ताााारा डट कम,उदयपुरको लिम्चुङवुङ गाउपालिकामा छोरीको कुटाई बाट बुधबार राती बाबुको मृत्यु भएको छ । बिम्चुङवुङ २ ताम्लीछामा २८ बर्षिया छोरी अनिता थापा को कुटाइ बाट ५५ बर्षिय नेत्र मगरको मृत्यु भएको प्रहरी ले जनाएको छ । घरेलु मदिरा सेवन गरी बुवा र आमा अस्मीता बिच झगडा भएपछी उनले नेत्र लाई कुटपिट गरेकी थिइन । कुटपिट बाट घाइते उनको तत्काल मृत्यु भएको थियो । बावु आमा बिच झगडा भैरहेको गाउले ले सुनाए पछि उनले बावु लाइ कुटपिट गरेको र तत्काल उनको ज्यान गएको लिम्चुङवुङ गाउपालीका २ का वडा सदस्य बोध बहादुर थापा  मगर ले बताए । प्रहरीले मृतकका श्रीमती र छोरी लाई पका्रउ गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुल एसपि भिम बहादुर दाहाल ले बताए । मृतकको शव पोष्मार्टम को लागी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.