Websoft University

सुन्दरहरैंचा ५ स्थित एक घरमा आगलागी हुँदा अन्दाजी १० लाखको क्षति, ३ गाई घाइते !

शिव भट्टराई,मोतङ मंसिर २१ गते । रातो तारा डट कम, सुन्दरहरैंचा ५ स्थित एक घरमा आगलागी हुँदा अन्दाजी १० लाखको क्षति, ३ गाई घाइते !


मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित गौशाला क्षेत्रमा रहेको एक घरमा आगलागी भएको छ। आज राती अन्दाजी ७ बजेको समयमा भएको आगलागीमा परी नेत्र बहादुर संग्रौलाको घरमा रहेको ३ वटा गाई घाइते भई घरमा पूर्ण रूपले क्षति भएको छ।

घरमूली नेत्र बहादुर संग्रौलाको परिवार नजिकैको बिहेमा गएको समयमा विद्युत सर्ट भएर लागेको आगलागीमा परी अन्दाजी १० लाखको क्षति भएको स्थानीयले जनाएका छन्। घरमा कोही पनि नभएको समयमा आगलागी भएको हुँदा मानवीय क्षतिनभएको स्थानीयको भनाई छ।

सुन्दरहरैंचा नगरपालिका, इटहरी उपमहानगरपालिका का दमकल, प्रहरी चौकी गछिया, स्थानीय लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.