Websoft University

अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएका छौं ः सामाजिक विकास मन्त्री घिमिरे

 

विराटनगर,  १८ मंसिर । रातो तारा डट कम, प्रदेश १ का  सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताउनु भएको छ । 

अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै मन्त्री घिमिरेले १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मन्त्री घिमिरेले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १  तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्ति लगायत संवन्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गर्नुभयो ।  

प्रदेश सरकार गठन भएको तीन बर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउनुहुँदै उहाँले अहिले प्रदेश स्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताउनुभयो । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार तथा पुर्नस्थापना, अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना, सहायता र परामर्श सेवाको संचालन, प्रदेश स्तरिय अपाङ्गता समन्वय समित गठन लगायतका कार्य गरिएको उहाँले बताउनुभयो । 

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउनुहुँदै मन्त्री घिमिरेले भन्नुभयो,‘ उहाँहरुका आवस्यकता र चाहना सवै पुरा गर्न सकिएको छैन ।’ अपाङ्गता अधिकार संवन्धि महासन्धि व्यवस्थाको कार्यन्वयन, अपाङ्गता अधिकार संवन्धि ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यन्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.