Websoft University

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ परे


इटहरी पुस २ गते । रातो तारा डट कम, सुनसरी इटहरी उमनपा वडा न। ४ वस्ने सन्दिप कटवालले ऐ ६ स्थित वर्गर हाउस अगाडी सडक किनारामा पार्किङ गरी राखेको चे.न.MD2A1344KCF89019 ई.न.DKYCKF82089 भएको प्र.१-०५-००१-प ०२०७ न. को २२० सिसीको पल्सर मोटरसाईकल चोरी भएको  थियोे ।

हराएको मोटरसाईकल अपरेशन व्हिल  संचालन गरी विशेष टोली परीचालन गरीएकोमा सीसी  क्यामराको  मदत वाट संलग्न  व्याक्तिहरुको  पहिचान  तथा खोज तलास गर्दै जाने क्रममा  मिति २०७७।८।३० गते अं।२०.०० बजेको समयमा जिल्ला सुनसरी इहटरी उ।म।न।पा। वडा नं। ६ स्थित बिराटनगर ईटहरी सडक खण्डको पश्चिम किनारामा मोटरसाईकलको अगाडी चालकको रुपमा जिल्ला झापा गौरादह न।पा।वडा नं।२ बस्ने बर्ष २४ को बिजय चौधरी र पछाडी ऐ। बाह्रदर्शी गा।पा। वडा नं।६ बस्ने बर्ष १९ को नगेन्द्र चौधरी सवार भई रोकी राखेको अवस्थामा  उल्लेखित चेसिस ईन्जिन नम्वर भएको सन्दिप कटवालको चोरी भई हराएको मोटरसाईकल फेला पारी उक्त मोटरसाईकल र निजहरुको साथमा फेला परेको  निम्न औजार लगायतको सामानहरु वरामद गरी  मोटरसाईकलमा सवार विजय चौधरी र नगेन्द्र चौधरीलाई पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोले  निजहरु उपर चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीबाट हिरासतमा राख्न अनुमती प्राप्त भई हिरासतमा राखी  थप अनुसन्धान कार्य जारी रहेको । 

वरामद सामानहरुः 

प्र १-०५-००१-प ०२०७ न. को २२० सिसीको पल्सर मोटरसाईकल थान १ ।

मोवायल थान २ ।

प्लाष्टिकको डोरी ,मार्कर थान १, पेचकस थान १, टेष्टर थान १, पिलास थान १, तारको टुक्रा थान १, रिङ सहितको चावी थान १  कालो ब्याग  थान १, कालो टेप  थान १ , सलाई थान १   ।       

 साथै मोटरसाईकल चालक हरुलाई निम्न अनुसारका सावधानी  अपनाउनु हुन इलाका  प्रहरी कार्यालय  ईटहरी    हार्दिक  अनुरोध गर्दछ । 

निम्नः-

सवारी पार्किङ  गर्दा  अनिवार्य रुपमा  हेण्डिल लक गर्ने वानि वसालौ ।

सवारी पार्किङ गर्दा सकेसम्म  सीसी क्यामेरा  भएको ठाउमा  पार्किङ गरौ ।

अध्यारो एकान्त कुना  ठाउँ हरुमा  पार्किङ नगरौ ।

सवारी साधनमा  सकेसम्म  ब्ल्त्क्ष् त्ज्भ्ँत् ब्ीब्च्ः क्थ्क्त्भ्ः जडान गरौ ।

सवारी धनिले  आफ्नो सवारीको सवारी धनिको प्रमाण पत्र (व्लुवुक) र सवारीचालक   अनुमति प्रमाण पत्र  अनिवार्य रुपमा आफ्नो  साथमा  वोकौं ।   

कोही कसैमाथी संका  लागेमा  नजिकैको प्रहरी कार्यालयमा तत्कालै सम्पर्क गरौ ।

आम सर्व(साधरण मानिस हरुको वस्तिमा संचालनमा  रहेका मोटरसाईकल हरुमा र पुरान  मोटरसाईकलको  पाट पुर्जा  खोली बिक्री बितरण गर्ने गरेको थाहा पाएमा  नजिकैको प्रहरी कार्यालय वा १ण्ण्  नम्बरमा फोन गरी जानकारी गरौ ।

कोही कसैले अस्वभाविक रुमा मोटरसाईकल फेरी फेरी चढ्ने प्रयोग गर्नैगरेको थापाएमा  समेत जानकारी गरौ ।

सम्पर्क नम्वर हरु –

९८५२०९०१२२

कार्यालयस् ०२५५८२१००

(सुचना  दिने व्याक्तिको  नाम थर ,सम्पर्क नम्बर  समेत गोप्य रहने व्यहोरा  जानकारी गर्दछोैै)


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.