Websoft University

रेडियो मेलम्चीको भवन निर्माण हुने

काठमाण्डौ पुस ५ गते । रातो तारा डट कम,रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले २ लाख ५ हजार उपलब्ध गराउनुभएको छ । भवन निर्माण कार्यका लागि व्यक्तिगत सहयोगमा यो रकम नै सबैभन्दा बढी हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ का स्थायी वासिन्दा श्रेष्ठ हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न हुनुहुन्छ ।

 रेडियो मेलम्चीको बहुउद्देश्यीय भवनका लागि सहयोग गर्न पाउँदा उहाँले खुसी व्यक्त गर्नुभयो । समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १ सय ८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको रेडियोका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र विकास कोष, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, ह्योल्मो समितिलगायतका संस्थाले भवनका लागि आर्थिक सहयोग उपलब्ध गराएको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । 

अवस्था सामान्य रहेमा अबको दुई महिनाभित्र नयाँ भवनबाट प्रसारण थालिने पनि अध्यक्ष भारतीले बताउनुभएको छ । सङ्ग्रहालय, पुस्तकालय, सूचना केन्द्रसमेत राखिने सो बहुउद्देश्यीय भवन निर्माणका लागि करिब ७० लाख रुपैयाँ लाग्ने बताइएको छ । निर्माण कार्य सम्पन्न गर्नका लागि रकम अभाव भएको हुँदा विभिन्न पालिका, संघसंस्था तथा सहयोगी, शुभचिन्तकहरुलाई सहयोगका लागि आह्वान गरिएको स्टेसन म्यानेजर सुवेदीले बताउनुभयो ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.