Websoft University

अञ्जु पन्तको ‘मैले रुँदामा' आकाश र समिक्षाको प्रेम वियोग

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ ।

लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको गीतको भिडियो काठमाडौँ उपत्यकाका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।

मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले देखाइएको छ । गौरव गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.