Websoft University

नेकपाका आज का चुनौती


सुनसरी मंसिर १७ गते । रातो तारा डट कम,लक्ष्मी गोैतम-नेकपा सुनसरी सचिबालय सदस्य तथा उप मेयर  इटहरी उपमहानगरपालिका  सुनसरी, नेकपा माले, नेकपा एमाले, हुँदै अहिले नेकपा को कार्यकर्ता हुन पाएको मा गर्भ गर्छु! पार्टी एकता जोगाउदै पार्टी लाई झन मजबुत पार्टी बनाउन सबै तह का नेता कार्यकर्ता ले भुमिका खेल्नु पर्दछ  भन्ने लाग्दछ! अहिले नेकपा को सिर धमिलो बनाउने प्रयत्न हुदैछ!नेताहरु लाई खबरदारी गर्दै चालू बैठक बाट पार्टी एकता को गर्भिलो सन्देश दिनेगरी घनिभुत छ्लफल गरि निकास निकाल्न  सुझाब दिदै सामाजिक सन्जाल रङाउने कार्यकर्ता ,सुभेच्छुक हरु को ठूलो पंक्ति छ! नेकपा फुटेर झरेको फल खान  कुर्ने पंक्ति पनि छ, अन्यपार्टी मा आस्था राखेपनी अहिले नेकपा फुट्नु हुदैन मुलुक अस्थिरता तर्फ जान्छ भन्ने कामना गर्ने पंक्ति पनि छ!! अनौठो कुरा नेकपा को प्रदेस,जिल्ला, नगर नेतृत्व मा रहेर भिबिन्न पद मा रहि पार्टी काम को जिम्मेवारी भएका नेता हरु को हर्कत भने बिचित्र को पाइदैछ!आफ्नो गुट्को भेला बैठक राख्ने, अर्को गुट ले भेला बैठक राखे कारबाही को डन्डा देखाउने! पार्टी का विभिन्न तह का कार्यक्रम आयोजना गर्ने आफ्नो गुट मिल्ने लाई मात्र निमन्त्रणा गर्ने, गुट नमिल्ने लाई  सुचनै नदिने! के हो यो? यो पार्टी बिभाजन का लागि उक्साउने, भड्काउने, र तल तल सम्म बिभाजित मानसिकता को बीउ रोप्ने काम हुदैछ!यति मात्र होइन आउने चुनाब का लागि उमेद्दार को टिम बनाएर प्रचार गर्ने र बेमौसम को बाजा बजाउने काम हुदैछ! के यो सहि हो? यसले पार्टी  एकता बलियो बनाउछ कि कमजोर बनाउछ? हेक्का रहोस पार्टी मजबुत बनाउन पार्टी काम घनिभुत बनाउनु पर्छ!  संगठित सदस्यता नवीकरण  ब्यबस्थित गरि वडा ,गाउँ ,नगर अधिबेशन गर्नु पर्दछ !पार्टी महाधिवेशन को तयारी का लागि पनि यी काम गर्न जरुरी छ!  त्यसैगरी बैचारिक काम गर्न उत्तिकै जरुरी छ! काम कुरा एकातिर ....  भन्ने देखियो!  आउने चुनाब जित्ने गरिका उमेद्दार बन्नुस चुनाब जित्न पार्टी र उमेद्दार दुबै जनता को मन मा बाँस बस्नुपर्छ! त्यसका लागि राम्रो काम गर्नुस !न कि गुट मा मात्र डेरा जमाएर पुग्दैन!! नेतृत्व मा बस्ने ले पार्टी चलाउने हो गुट चलाउने होइन!! नेकपा जे मन लाग्यो त्यही गर्ने पार्टी होइन अनुसासित नेता कार्यकर्ता भएको पार्टी हो!यसको बिरासत जोगाउने जिम्मा सबै नेता कार्यकर्ता को हो!  पार्टी बिभाजन को दिशा मा लागे अब जनता ले माफी होइन लाठी बर्साउछ्न ! भावनात्मक पार्टी एकता एक मात्र सर्त हो त्यसको बाताबरण बनाउने काम नेतृत्व मा रहेका  नेताहरुको हो!!अहिले का सबै तह का नेतृत्व  मा रहेका नेता हरु का अगाडि आएको चुनौती र जिम्मेवारी पनि यहि हो!!

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.