Websoft University

नेकपा संसदीय दलको बैठक बस्द


काठमाण्डौ पुस ६  गते । रातो तारा डट कम,प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।  आज बिहानैबाट छलफलहरु सुरु भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल सुरु गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बस्ने बताइएको छ । आजै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि उत्पन्न परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.