Websoft University

प्रमुख प्रतिपक्षी दलल पनिे सर्वदलीय बैठक बोलायो


काठमाण्डौ पुस ६  गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दलले सर्वदलीय बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन ।  नेपाली काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच सरकारविरुद्ध प्रतिवादमा उत्रने सहमति भएको छ । हिजो साँझ काँग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन पार्टीको संयुक्त बैठकले प्रधानमन्त्री ओलीको  संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको ठहर गरेको काँग्रेस सचेतक बालकृष्ण खाँडले सीआईएनसँग बताउनुभयो । अहिलेको सरकारविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी पनि भएको छ । काँग्रेसको हिजो बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनको निर्णय विरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ । काँग्रेसले भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय पनि गरेको छ । 



 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.