Websoft University

राजस्व अनुसन्धान विभागले २० करोड विगो माग दावी गर्दै विभिन्न फर्म विरुद्ध मुद्दा दायर


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,राजश्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै राजस्व अनुसन्धान विभागले विभिन्न फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार १९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा एउटा मुद्दा दर्ता भएको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख, धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख, काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.