Websoft University

गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन बृद्धि


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम,गत वर्षभन्दा यो वर्ष ७० हजार मेट्रिकटनले धानको उत्पादन बढेको छ । देशभरबाट प्राप्त धान उत्पादनको तथ्याङ्कमा उत्पादन बढेको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७÷७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार मेक्ट्रिकटन भन्दा धेरै धान उत्पादन भएको जनाएको छ । गत वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा धान खेति हुँदा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पदन भएको थियो । चालु आर्थिक वर्षमा नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा यस वर्ष रोपाइँ भएको थियो । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल छ । जसमध्ये यस वर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ भएको थियो । 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.