Websoft University

विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड नाघ्यो– सङ्क्रमित हुनेको सङ्ख्या अझै बढ्दैछ ।


काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम, विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ४ लाख ७० हजार ७ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ करोड १ लाख ९३ हजार १ सय ९६ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ८ हजार ३ स य ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ५६ हजार ९ सय ३५ पुगेको छ । हाल कोरोनाका कारण विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १९ लाख ७६ हजार ८ सय ३६ रहेको छ । यस्तै हालसम्म कोरोनाका कारण विश्वभर सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ५ करोड ६४ लाख ५९ हजार ४ सय २५ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.