Websoft University

पुस १७ गते राष्ट्रिय सभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस


काठमाण्डौ पुस ११ गते । रातो तारा डट कम,यही पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकोछ । हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभा बोलाउन सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । हिजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गर्नुभएको छ । 

मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थपिएका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नेकपाभित्रको विवादका कारण ७ मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो । 

नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपंक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहनुभएको छ । 

प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने मन्त्रिपरिषद्बाट हटाउनुभएको छ । विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बन्नुभएको थियो । दुगड ८ मंसिर ०७६ मा भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्नुभएको थियो । 




 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.