Websoft University

पशुपति मन्दिर खुल्या


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द रहेको काठमाडौंको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला भएको छ । दर्शनार्थीका लागि मन्दिर खुल्नुपूर्व हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गर्नुभएको थियो । 

हिजो राष्ट्रपतिबाट क्षमापूजा सम्पन्न भएपछि आजबाट दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिएको हो । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले जानकारी दिनुभयो । 








 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.