Websoft University

तराईमा हुस्सु लाग्न थाल्यो


काठमाण्डौ पुस १ गते । रातो तारा डट कम,पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल प्रदेश २, वाग्गमती प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ । 

प्रदेश १, २ र वाग्मती प्रदेशका केही भागमा मौसम सामान्य बदली रहने र बाँकी भागको मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

आज साँझ देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीचमा रहने छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.