Websoft University

उज्यालो टेम्केमैयुङ गाउँपालिका घोषणा-टेम्के डाँडामा टेम्के भ्यु टावर पनि छिटै बन्ने भयो


बिराटनगर कार्तिक २४ गते । रातो तारा डट कम,१ नम्बर  प्रदेशकै महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय भोजपुरको टेम्के डाँडामा टेम्के भ्यु टावरको आज एक समारोहबीच १ नम्बर  प्रदेशका मुख्य मन्त्री शेर धन राइले  शिलान्यास गर्नु भएको छ । यो टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुने कुराको आस्वासन समेत दिनुभएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो टेम्केमैयुङ गाउँपालिका घोषणा गर्ने सुखद अवसर मिलेको  समेत कार्यक्रममा बताउनु भएको छ ।  मुख्य मन्त्री राइले उज्यालो गाउँपालिका बनाउन अहोरात्र खट्नु हुने गाउँपालिका नेतृत्वलाई हार्दिक सम्मान गर्दै गाउँपालिकाबासी सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दछु भन्नू भयो । हामी क्रमशः वडा, पालिका, जिल्ला हुँदै चाँडै प्रदेश १ लाई उज्यालो बनाउने अभियानमा छौं र यसमा सबैको साथ सहयोग अपेक्षा गरेको समेत कार्यक्रममा बताउनु भएको छ। टेम्केमैयुङ गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.