Websoft University

जन्मदिनको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

 


शिव भट्टराई,मोरङ मंसिर  १० गते । रातो तारा डट कम,बढ्दै गरेको चिसो मौषममा न्यानाे लुगा किनेर लगाउन नसक्ने बालबालिकाहरुलाई मोरगंको सुन्दरहरैचा नगरपालिकाका एक जनप्रतिनिधिले आफनो जन्मदिनको अवसर पारेर न्यानो कपडा वितरण गरेका छन ।   

सुन्दरहरैचा वडा नम्बर ६ का वडा सदस्य डम्वर थापा मगरले आफनो जन्मदिनको अवसर पारेर विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।  मंसीर महिना लागे संगै पुर्वी तराईमा जाडो दिनप्रतिदिन बढी रहेको तर्फ मध्य नजर गर्दै आफनो जन्मदिनको अवसर पारेर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकोथापालेवताए ।

जन्मदिन मनाउदा भोज गरेर खर्च गर्नु भन्दा सामाजिक काममा खर्च गर्नु पर्नेमा जोड दिदै  विभिन्न किसिमका सामाजिक कार्यमा आफु लगायतका साथीहरुले खर्च गर्ने गरेको समेत थापाले जानकारी दिए ।  थापाले आफ्नो वडाका विपन्न परिवारका बालबालिकाहरुलाई ज्याकेट वितरण गरेका थिए ।


जाडो महिना लाग्दै गर्दा आफूले न्यानो कपडा पाएकोमा बालबालिकाहरू निकै खुशी देखिन्थे। कार्यक्रममा वार्ड नं ५ का वडा सदस्य गणेश चौधरी , सुन्दरहरैंचाका भ्रष्टाचार विरुद्ध युवा अभियन्ता, वार्ड नं ५ का वडा सदस्य गणेश चौधरी लगायत अन्य विभिन्न सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.