Websoft University

भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै


 काठमाण्डौ मंसिर ११ गते । रातो तारा डट कम,भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । उहाँ विशेष विमान मार्फत् बिहान १० बजेपछि काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालका प्रवक्ता, सहसचिव सेवा लम्सालका अनुसार परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमा हर्षवद्र्धनको भ्रमण रहेको प्रवक्ता लम्सालले बताउनुभयो । भारतीय विदेश सचिव हर्षवद्र्धन दुई दिन नेपालमा रहनुहुनेछ ।

भ्रमणको पहिलो दिन आज दुई देशका सचिवबिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिनुभयो । नेपाल र भारतबिच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा वार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमा हर्षवद्र्धनको भ्रमणलाई लिन सकिने विश्लेषण भएको छ । 

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमा औपचारिक भेट तथा छलफल हुन लागेको हो । भारतीय विदेशसचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ । 

उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग पनि भेट गर्नुहुनेछ ।उहाँ भ्रमण सकेर शुक्रबार स्वदेशफर्किनुहुनेछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.