Websoft University

सिजी फूडद्धारा समिर राईलाई स्कुटर

 


मोहन कुमार राई÷ कार्तिक १७ गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ४ निवासी समिर राई लाई चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ जीङ्ग चाउचाउमा प्राप्त उपहार स्कुटर प्रदान गरेको छ  ।


सिजी फुड्स द्धार उत्पादित वाइवाइ जीङ्ग तयारी चाउचाउको जीङ्गमा जित उपभोक्ता उपहार योजना अन्तरगत ८ औ विजेता संखुवासभाका समिर राईलाई एक कार्यक्रमका वीच सिजी नूड्स प्रदेश नं. १ का प्रमुख पूण्य प्रसाद लुइटेलले स्कुटरको चावी हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा १ नंं. प्रदेश सिजी नुड्स का प्रमुख लइटेलले यो योजना गत माघ महिनाबाट सञ्चालन गरेपनि कोभिड १९ को कारण सहज ढंगले सञ्चालन हुन नसको जानकारी दिनुहुँदै विजय राईलाई धन्यवादन समेत दिनुभएको थियो । सिजी फुडद्धारा उत्पादीत वाइवाइ जीङ्ग जीत उपहार योजनामा अरु धेरै उपहारहरु ट्याव्लेटस, स्मार्ट वाच, स्कीटिङ्ग साइकल, फूटवल स्पेनरटप, लुडो लगायतको अन्य उपहारहरु समेत उपभोक्ताले जित्न सक्ने वताउनुभयो । डिस्टिव्यूटर कार्कीले चाउचाउ वितरण गरेको केही समयमै उपहार प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

विजयी राईले ५ पाकेट वाइवाइ जीङ्ग चाउचाउ किन्दा स्कुटर उपहार पाएकोमा खुशी हुँदै सिजीलाई धन्यवाद दिएका थिए । विजयी राईलाई वाइ वाइ जिङ्ग हरर, स्कुटरमा सरर नारा सहित जिल्ला स्थित मुख्य बजारहरु चैनपुर, पोखरी, खराङबजार लगायतको स्थानहरुमा स्कुटरमा राखेर परिक्रमा समेत गरेका थिए । 

कार्यक्रममा सिजी फुड्स नुडल्स डिभिजन कोशी अञ्चल एरिया शेल्स मेनेजर सञ्जय श्रेष्ठ, सेल्स अभिसर गणेश दाहाल, संखुवासभाका डिस्टीव्युटर केशर बहादुर कार्की, लगायत अन्य वितरकहरुको समेत उपस्थिति रहेको सिजी फुड्सका १ नं. प्रदेश सहायक व्यवस्थापक रविन्द्र मास्केलेजानकारी दिनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.