Websoft University

रेडक्रसद्धारा प्रदेश सरकारलाई भेन्टिेलटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

 


विराटनगर, ९ मंसिर । रातो तारा डट कम,  प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा गरि १८ लाख ५८ हजार १ सय बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । 


रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र  स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सवै एक ठाउँमा उभिन आवस्यक रहेको बताउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । राज्यमन्त्री गजमेरले नागरिको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रयोग गरिने गरिएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पु¥याउने काम गरिएको बताउनुभयो । 

                                                                                    कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.