Websoft University

क्रियाशील सदस्यहरू पठाउन काँग्रेसको निर्देशन

 


काठमाण्डौ र्मसिर ६ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ । १४ औँ महाधिवेशन नजिकिएको भन्दै काँग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो । 

काँग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ । कोरोनाभाइरस महामारीका कारण क्रियाशील वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए । काँग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई भनिएको छ । 

काँग्रेस पार्टी कार्यालयका अनुसार उसका अहिले पाँच लाखको हाराहारीमा क्रियाशील सदस्य छन् । यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील सदस्यता वितरणका काम भइरहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.