Websoft University

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धका अभियान सुरु


काठमाण्डौ मंसिर १० गते । रातो तारा डट कम,लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाटसुरुभएकोछ । १६ दिने अभियान सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम गरेर मनाउन सरकारले सबै तहका सरकारलाई आग्रह गरेको छ । विगतका वर्षमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाईदै आएको र यस वर्ष पनि त्यसै अनुसार मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३ वटै तहका सरकारलाई परिपत्र गर्दै आग्रह गरेको हो । 

संघीय सरकारले आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने भएकाले सबै निकायले त्यसै अनुसार मनाउन मन्त्रालयले जानकारी गराएकोछ । यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् आजदेखि मंसीर २५ गतेसम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने रहेको छ । 

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.