Websoft University

प्रदेश १ मा ५ सय वेड थपिदै

 

विराटनगर, २५ कात्तिक । रातो तारा डट कम,   प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उहाँले बताउनुभयो । 

प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम आज मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । प्रदेश सरकार परिस्थितिको माग अनुसार अघि बढेको भन्दै उहाँले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । 

कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘ ते¥हथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक छ ।’ अवको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवस्यक रहेको उहाँको भनाई छ । उहाँले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दापनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवस्यक रहेकोमा उहाँको जोड छ ।  कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उहाँले गुनासो गर्नुभयो । 

कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाईएको मन्त्री घिमिरेले बताउनुभयो । समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्ने बताउनुभयो । स्वीकृति दिँदा मापदण्ड अनुसार भए÷ नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.