Websoft University

चांडबांडको बेला उपभोक्ता सेन्ट्रल महललाइ २ लाख जरिवाना

 


विराटनगर  कार्तिक २६ गते । रातो तारा डट कम, छुटसहितको बम्पर योजना भन्दै प्रचार गरि उपभोक्तालाई आकर्षित गरेर ठगी गरेको भन्दै विराटनगरस्थित सेन्ट्रल मलभित्रको ‘सेन्ट्रल बजार’ लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

खरिद गरेको मूल्यभन्दा दोब्बर बढि मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालयले जरिवाना गरेको हो ।

‘सेन्ट्रल बजार’ भित्र बिक्रीमा राखिएमो काजुमा १ सय ११ प्रतिशतभन्दा बढी मुनाफा लिएको अनुगमनको क्रममा बुधबार भेटेपछि २ लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ । सेन्ट्रल बजारले १ हजार १ सय ६५ रुपैयाँ प्रतिकेजी खरिद गरेको काजु २ हजार २ सय ५० रुपैयाँ प्रतिकेजी बिक्री गरेको अनुगमन टोलीले फेला पारेको थियो ।

सेन्ट्रल बजारले अत्याधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटिएपछि कारवाहीको दायरामा ल्याएको वाणिज्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । ‘तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका थियौं’ पोखरेलले भन्नुभयो, ‘अनुगमनको क्रममा सेन्ट्रल बजारले बिक्रीमा राखिएको काजुमा १ सय ११ प्रतिशतभन्दा बढी मुनाफा लिएको भेटियो ।’

खरिद गरेको मूल्यभन्दा दोब्बर बढी मूल्य राखेर उपभोक्तालाई सामान विक्री गर्नु ठगी भएको कार्यालयले जनाएको छ । उपभोक्ता संरक्षण ऐन अनुसार सेन्ट्रल बजारलाई कार्वाही गरिएको हो । कार्यालय प्रमुख पोखरेलका अनुसार सेन्ट्रल बजारलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ ९१० ख बमोजिक २ लाख रुपैयाँ जरिवाना गरिएको  हो ।

सेन्ट्रल बजारले छुटसहितको बम्बर योजना भन्दै उपभोक्तलाई आकर्षित गर्दै झुक्याएर ठगी गरेको गुनासो उपभोक्ताहरुले गरेका छन् । कानून अनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढि लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।

सेन्ट्रल बजारका व्यवस्थाक गिरिश राठीले डिलरबाट काजु प्रतिकेजी १ हजार ८ सय रुपैयाँ प्रतिकेजीमा खरिद गरेको भएपनि डिलरले कम मूल्यको बिल दिएकोले आफूहरु फसेको बताउनुभयो । हाम्रो मतबाट.....

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.