Websoft University

कोरोना संक्रमीतबाट तीन जना को उपचारको क्रममा मृत्यु

 


गाईघाट २६ कार्तिक । रातो तारा डट कम, उदयपुरमा सोमबार र मंगलबार कोरोना संक्रमीत तीन जना को उपचारको क्रममा मृत्यु भएको छ । मृतक सबैको बिराटनगर र धरानमा मृत्यु भएको हो । त्रियुगा नगरपालीका ४ सालघारी बगाहाका २१ वर्षिय युबक, त्रियुगा नगरपालीका ११ की ६५ वर्षिया महिला र चौदण्डीगढी नगरपालीका २ का ४२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्याल्य उदयपुर का प्रमुख मोहन सुवेदीले बताए । स्वास प्रस्वासमा समस्या देखीएपछि कार्तिक २२ गते नोबेल अस्पताल मा भर्ना गरीएको युवकको मंगलबार कोरोनाको कारण मृत्यु भएको हो । मंगलबार नै धरान स्थीत बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चौदण्डीगढीका युबक को् मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता ड आशिष श्रेष्ठ ले बताए । उच्च ज्वरोले ग्रसीत उनलाई कार्तिक १४ गते बिपिमा उपचारको लागी भर्ना गरीएको थियो । चिकीत्सक ले उनलाई दुई दिन पछि कोरोना पुष्टी गरेको थियो । त्रियुगाकी ६५ वर्षिया महिलाको सोमबार मोरङगको वुढी गंगा स्थीत बिराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो । कोरोना पुष्टी भएपछि उनलाई उपचारको लागी अस्पताल भर्ना गरीएको थियो ।उनको उपचारको क्रममा बिहान ६ वजे मृत्यु भएको पारीवारीक सा्रेतले जनाएको छ । मृतककी श्रीमान समेत कोरोना संक्रमित भएर बिराटनगर मै उपचार गराइरहेको छन । उदयपुरमा अहिले सम्म कोरोना बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । उदयपुरका भए पनि उनीहरु सबैको उपचारको क्रममा धरान बिराटनगर र काठमान्डौ मा मृत्यु भएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.