Websoft University

नेपाल सम्वत्को नयाँ वर्ष आजबाट सुरु


काठमाण्डौ र्मसिर १ गते । रातो तारा डट कम, नेपाल संवत् ११४१ आजबाट सुरु भएको छ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गर्नु भएको थियो । वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । कोरोनाका कारण यसबर्ष औपचारीक कार्यक्रम भने राखिएको छैन । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरको थियो । वि.सं २०६५ मा नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाउने घोषणा भएको थियो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.