Websoft University

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा हुने


काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्यवमा मुख्य प्रशिक्षकको घोषणा गरिने क्यानले जनाएको छ । 

क्यानले आवेदन दिएका १२ प्रशिक्षकको हिजो अन्तर्वार्ता लिएको छ । मुख्य प्रशिक्षकका लागि आवेदन परेका ७२ बाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गरिएको र त्यसबाट अन्तिम अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छानिएको क्यानले जनाएको छ । 

यस्तै क्यानले क्रिकेट म्यानेजर पदका लागि आवेदन दिएकाको शुक्रबार अन्तर्वार्ता भएको जनाएको छ । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.