Websoft University

१६ लाख पीसीआर नमुना हाल सम्म परीक्षण भईसक्यो


काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम,नेपालमा हालसम्म १६ लाख भन्दा बढी नागरिको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर गरी १६ लाख २ हजार ६ सय ३ पीसीआर परिक्षण भएको हो । ती मध्ये कोरोना सङ्क्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेकोछ । 

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो  । २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना पुष्टि भएकोछ । यस्तै २४ घण्टामा २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार यो सँगै कोरोना निको हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार २ सय १५ पुगेको छ । १ हजार ५७  जना भने क्वारेन्टाइनमा छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.