Websoft University

स्व. महेन्द्र गोल्छाको ११ औं स्मृति दिवश


बिराटनगर मंसिर २ गते । रातो तारा डट कम,  संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरंगको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छा, लगायत पदाधिकारी एवं संगठनका कार्यकरिणि समिति सदस्यहरुले पुष्पगुच्छा एवं मल्र्यापण गर्नु भएको थियो । 

११ औं स्मृतिमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा असल अभिभावक र प्रेरणा दिने व्यत्तित्वको रुपमा भएको वताउदै उहाको विचार र आदर्शलाई उच्च सम्मान दिनु पर्ने वताउनु भयो । अध्यक्ष्ँ घिमिरेले स्व. गोल्छा औद्योगिक क्ष्ँेत्रका समस्या समाधानमा सदैव चिन्तनशिल रही यस क्ष्ँेत्रलाई आर्थिक विकासको सहयात्रीका रुपमा स्थापित गराउन सदैव क्रियाशिल रहने व्यक्तित्वका रुपमा रहेको स्मरण गर्दै उहा“को कमी अपुरणीय भएको वताउदै उहा“ले आर्थिक क्षेत्रको विकास लागि उठाएका कुराहरु सान्दर्भिक भएको बताउनु भयो । 

स्व. गोल्छाको ११ स्मृतिमा विराटनगर अशोक चोक स्थित विराटेश्वर वृद्ध आश्रम रहनु भएका  ५५ जना वृद्ध वृद्धाहरुका साथ सहभोजको समेत गरिएको थियो । 

स्मृति कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष्ँ मुकेश उपाध्याय, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छा, वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेल, उपाध्यक्ष्ँ राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, सुवोध कोईराला, विपिन कावरा, ईन्द्र खत्री, विनोद पौडेल लगायतको सहभागिता रहेको थियो । 

२०७७ मंसिर ०२ गते, मंगलवार

विराटनगर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.