Websoft University

उदयपुर र मोरङमा दुर्घटनाबाट दुई जनाको मृत्यु


मोरङ,उदयपुर, कात्तिक-३० गते । रातो तारा डट कम,
मोरङ बिराटनगर-१२ शुक्रबारे हाट स्थितमा बस्ने २६ बर्षीय घनश्याम कामतको  मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को१८प ४८३१ नम्बरको मोटरसाईकल सोही एरिया स्थित भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका  मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएकोमाउनिहरुको उपचारभईरहेकोछ ।यसै गरी उदयपुरको उदयपुरगढी-७ नेपाल्टार स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको छ । आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन । घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी-८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.