Websoft University

क्रसर उद्योगलाई बन्द गर्न निर्देशन


काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न अनुगमन समितिले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई तथा जिल्लाका सरोकारवाला निकायहरुको सहभागितामा गएको कार्तिक अन्तिमसाता देखी जिल्लाका क्रसर उद्योग बारे अनुगमन सुरु गरिएकोथियो ।

अनुगमनका क्रममा १० वटा क्रसर उद्योगले नियम विपरित काम गरिरहेको फेला परेपछि ती उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बालुवा प्रशोधन गर्ने भनि उद्योग दर्ता गरेकोमा क्रसर उद्योग नै सञ्चालन गरेको पाईएको छ । त्यस कारण ती १० उद्योगलाई बन्द गर्न निर्देशन दिईएको उहाले जानकारी दिनुभयो । 

गृह मन्त्रालयले गएको कार्तिक २५ गते निर्देशन दिएपछि जिल्लामा क्रसर उद्योगको अनुगमन थालिएको थियो ।अनुगमन सकिएपछि हिजो घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी सार्वजनिक गरिएको हो । प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा १२ वटा क्रसर उद्योग दर्ता भएकोमा १० वटा सञ्चालनमा रहेका छन् भने ती वैधानिक ढंगले चलेको पाईएको बताउनु भयो । 

जिल्लाका ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएकोमा ६ वटा बन्द भएको प्रजिअ आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस्तै २६ वटा सञ्चालनमा रहेका छन् । ती मध्ये १० वटाले क्रसर उद्योगको नाममा चलाएको पाईएपछि बन्द गर्न निर्देशन दिईएको हो । 

प्रजिअ आचार्यका अनुसार मापदण्ड विपरीत काम गर्ने स्वर्गद्धारी स्किृनप्लान्ट प्राली, जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रसोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योगलाई बन्दगर्न निर्देशनदिईएका ेहो । 

अनुगमन टोलीमा जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, मालपोत तथा नापी, वन कार्यालय, घरेलु लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । उक्त टोलीले जिल्लामा सञ्चालन क्रसर तथा बालुवा प्रशोधन उद्योगमा पुगेर आवश्यक छानविन तथा अनुगमन गरेको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.