Websoft University

गाइघाटमा नजिकिएको तिहारमा देउसी भैलो खेलन प्रतिबन्ध लाग्यो


गाईघाट २५ कार्तिक । रातो तारा डट कम,कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिती र (डिसिसी एमसी) ले तिहारमा देउसी र भैलो खेल्न प्रतिबन्ध लगाएको छ । समितीको सोमबार बसेको बैठक ले मंसीर ५ र ६ गते मनाइने छठ पर्व लाई मध्य नजर गर्दै जिल्ला भरीका सबै ठुला नदी खोला मा भिडभा्ड र जम्मा हुन रोक लगाएको छ । समितीका अधक्ष्य प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कोरोना संक्रमण नियन्त्रण रोकथाम को लागी यस्तो निर्णय गरेको बताए । “अहिले समुदायमा वृत गतीमा दिन दिनै मर्ने को संख्या समेत बढीरहेको छ” । प्रजिअ  पाण्डे ले भने । आफु र अरुलाई सुरक्षित बनाउन को लागी यस्तो निर्णय गर्नु परेको उनले भने ।प्रजिअ पाण्डेले डिसिसीएमसी को निर्देशनमा कोरोना सम्बन्धी जनचेतना मुलक कार्यक्रम गाउ, गाउ टोल , टोलमा माइकीङग र स्थानीय संचारमाध्यम बाट संचालन गरिदै आएको बताए । उदयपुरमा ८ हजार ५ सय ४ जना को पिसीआर परिक्षण गरिएकोमा २ सय ९५ जना संक्रमण पुष्टी भएको कोभिड ब्यबस्थापन समिती ले जनाएको छ । संक्रमीत मध्य २१४ जना उपचार पछि घर फर्केकाछन । भने ८० जना को अझै उपचार भैरहेको छ कोरोना संक्रमित भै जिल्ला बाहिर उपचारको क्रममा ६ जना को मृत्यु भैसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.