Websoft University

नगरपालिकाको सहयोगपछि नर्वेको भिसा त्यागेर ड्राईगन खेतिमा लागे साप्कोटा

 


बेलबारी । रातो तारा डट कम, मोरङको बेलबारी ८ का तारा साप्कोटा नर्वे जानका लागि तयारी अबस्थामा थिए । उनको भिसा समेत लागि सेकको थियो । उनलाई एजेन्टले १३ लाख रुपैया ठिक पारेर आउन भनेको थियो । एजेन्टले भनेअनुसार ऋण खाजेर पैशा ठिक्क पारेको थिए साप्कोटाले भने नगरपालिकाले नगरशभा बाटनै कृषिलाई पहिलो प्राथमिक्ता दिएर बजेट बनाएपछि आश पलायो । 


मैले गएर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भेटेर दुई तिन कठ्ठा जमिनमा ड्राईगन फुडको खेति गर्ने योजना सुनाए उहाँहरुले मलाई हौसला दिदै १० कठ्ठा जमिनमा खेति गर्नुहोस नगरपालिकाले सहयोग गर्छ भन्नु भयो । ड्राईगन खेति गर्ने साप्काटा बेलबारीका पहिला कृषक हुन । साप्कोटाले बैदेशिक रोजगारीमा जानका लािग तयार गरेको १३ लाख रुपैया ड्राईगन खेतिमा लगानि गरेका छन । 

आईतवार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले साप्कोटाले सुरु गरेको ड्राईगन फुडका विरुवा रोपेका छन । ड्राईगनका फुडका विरुवा रोप्दै मेयर सुवेदीले आफनै माटोमा पसिना बगाउछौ केहि गर्छौ भन्नेलाई सहयोग गर्न नगरपालिका तयार भएको बताए । नगरको पहिलो प्राथमिक्ता कृषि रहको समेत बताए । 

कृषिलाईनै लक्षित गरेर नगरपालिकाले बिना धितो सहुलियत कर्जा बापत २ प्रतिशत ब्याजदरमा समुहमा खेति गर्नेहरुलाई ५ लाख ऋण समेत दिने कार्यक्रम अगाडि बढाएको छ । जसका लागि बेलबारीमा रहेका बैकसँग नगरपालिकाले सहकार्य गरेको छ । जसवाट २० करोड भन्दा बढि पैशा कृषक सम्म पुग्ने आकलन गरीएको छ । नगरपालिकाले युवाहरुलाईनै उद्यमी बनाउने उदेश्यले गरिवसँग नगरपालिका कार्यक्रम समेत संचालन गरीरहेको छ । 

चालु आवमा पावर टिलर, मकै थ्रेसर, मिनि टिलर, ड्राईगन फुड,खेति तथा गोला सहितको माहुरीको घार बितरण गर्ने कार्यक्रम समेत अगाडि बढाइएको प्रमुख प्रशासकयि अधिकृत प्रदिप शाहले बताए । प्रत्येक वडाले ५ लाख मुल्य बराबारीको फलफुलको बिरुवा कृषकलाई बितरण गर्ने गरी नगरशभाबाटनै नगरपालिकाले पास गरेको छ । बेलबारीमा ११ वटा वडा रहेका छन । यस अघिनै नगरपालिकाले एक वडा एक उत्पादनको कार्यक्रम समेत अगाडि बढाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.