Websoft University

बैतडीमा भएको दुर्घटनामा ९ जनाको मृत्यु र ३४ जना घाइने, घाइतेहरुको उपचार हुदै,

 


काठमाण्डौ कार्तिक २८ गते । रातो तारा डट कम,गएराति बैतडीमा भएको बस दुर्घटनामा घाइते ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको समचार स्थानिय एफएमहरुले जनाएका छन । 

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । 

दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन् । बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुई जनाको मात्रै सनाखत भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका  ८ की १५ वर्षीया किर्तीका कार्की र बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्दको सनाखत भएको प्रहरी प्रम्ुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.