Websoft University

प्रहरी कर्मचारीलाई कडा कारवाही हुने - प्रहरी नायव महानिरीक्षक ईश्चर बाबु कार्की

 


बिराटनगर, कार्तिक १६ गते । रातो तारा डट कम, संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई जानकारी गराउँदै उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले बताउनु भएको छ ।


मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा निर्दैशन दिनुहुँदै वहाँले उक्त कुरा बताउनु भएको हो । यसैगरी झापा जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई आजै ईलाका प्रहरी कार्यालय अनारमनीमा उपस्थित गराई वहाँले सोही निर्देशन दिनु भएकोछ ।

चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्दैशन दिनु हुँदै, सिमा क्षेत्रमा अबैध चोरी निकाशी पैठारीमा मिलेमतो गर्ने र आर्थीक प्रलोभनमा परी कमजोर कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई प्रहरी  नियमावली अनुसार कडा कारवाही गर्ने चेतावनी दिनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.